साङङग छ्योलिङ केरोग गोन्पा थामेको परिचयधेरै समय अघि हिमालय टिबेटको ग्यलशिक अथवा ने-छेन चिपरी नामका ठाउमा भएको 'छिमे केङछङमा' थिमी जातको पल्जङ दोजे,पाल्जुम डोल्मा र छोरी ल्हामु डोल्मा पूर्विया खुम्बुमा नाङपा ला हुँदै आए र केरोक भन्ने ठाँउमा एउटा ढुङगाको छहारीमा बसोबास गरे। यसरी बसोबास गर्ने क्रममा छोरी पानी लिन जाँदा खोलाको किनारमा एउटा फल पायो। छोरीले त्यो फल खायो र तत् पश्चात छोरीको गर्भधारण भयो। जुन खोलाको नाम खाङ्ड्रो छुवा (डाकीनी खोला) राख्यो। त्यो कुरालाई छोरीले आमाबुबालाई स्पस्ट रुपमा बताईन र सबै जना निकै अचम्म परे। यसरी ल्हामु डोल्माबाट रङछुङ दोजेको जन्म भयो। यसरी फल खाएर बच्चा पाएको हुनाले यस पुस्ताको
नाम र त्यस समय देखि 'ल्हाउसिङतोक' रहन गयो। त्यहाँ देखि क्रमश: कर्म दोजे, कर्म तेन्जिन कर्म नाम्ग्याल, ठिन्ले वाङछ्युक, तेन्जिन् नोर्बु, तेन्जिन् थर्के सम्ममा सात पुस्ता र आठौमा छोरा तेन्जिन ठाक्पा (रोल्वा दोजे)ले थामे तेङ र केरोकको बीचमा भएको ताक्पु भन्ने ठाउँमा गोन्पा निर्माण गरि टिबेटको खाम भन्ने ठाउँबाट गुरु रिन्पोछेको मुर्ति ल्यएर त्यस गोन्पा भित्र गोन्पा मध्यकै मुख्य रुपमा सम्मानित साथ राख्यो।
दुर्भग्यवस त्यो गोन्पामा आगलागी भयो। आगलागी भैरहेको बेला गुरु रिन्पोछेको मुर्ति उडि केरोकको एउटा पहाडको बीचमा बस्यो। त्यसै बखतमा एक जना केटी आईरहेको बेला घन्टीको अवाज सुने र आवाज आएको माथितिर हेर्दा गुरु रिन्पोछेको मुर्ति देखिन्। त्यो मुर्तिले मेरो गोन्पा यहाँ बनाउनु पर्छ भनेर त्यो केटिलाई भन्यो। केटीले यो सबै कुरा रोल्वा दोजेलाई सुनाई र रोल्वा दोजेले गोन्पा निर्माण गरी त्यो मुर्तिलाई सम्मान साथ बिषेश महत्वको साथ भित्र राख्यो। जुन गोन्पाको नाम साङङक् छ्योलिङ राख्यो। गुरु सुङछ्योन्मा (बोल्न सक्ने गुरु रिन्पोछेको मुर्ती), रोल्वा दोजेले ध्यान गरी निकालिएको शक्तिबाट मोटो फलामलाई गाँठो लगाएको, मन्जि(ओदान जस्तै धार्मिक वस्तु) वस्तुहरु हाल समयमा पनि केरोक गोन्पा भित्र सकिन्छ। साथै परम पुज्या छ्योजिन (चाडपर्वको नाम) पनि त्यही समयबाट शुरु भएको हो। यसरी रोल्वा दोजेको छोरा ठकपा ठिन्ले,कर्म ठिन्ले,छोकि ग्याल्छेन, कग्यु रिक्जिन,ठिन्ले तेन्जिन्,उग्यन तेन्जिन्,लामा तेन्जिन्, लामा छेरिङ,एक पछि अर्को जन्मिदै आए र अहिले लामा ङावाङ छुल्ठिम सम्मा बिशेष छोजिन (चाड) , ङिङने(वर्त), र छेच्यु ङेर्ङ (पाठपुजा) गरिँदै आएर अहिले पनि सोहि प्रक्रिया चलिरहेको छ।

Kyrok Sangngak Choling Monastry
Namche 9, Solukhumbu, G.P.O. Box: 23077
Kathmandu Nepal
Email:- nchhuldim@yahoo.com
Contact:- 9841930922, 9803212397